एभरेष्ट बैंक र फोकसवान पेमेन्ट सोलुसन्स्बीच भुक्तानी सेवा सम्झौता

काठमाडौं । फोकसवान पेमेन्ट सोलुसन्स् प्रालीद्वारा संचालित मोको डिजिटल वालेट र एभरेष्ट बैंक लिमिटेडबिच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ ।
एभरेष्ट बैंकका ग्राहकहरुलाई आप्mनो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गरी, उक्त कार्डहरुबाट विभिन्न सेवाहरु जस्तै मोबाइल टपअप, इन्टरनेट, बिधुत, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् । यसै गरी बैंकका ग्राहकहरुले मोको मार्फत स्क्यान टू पे माध्यमबाट एक हजार पाँच सयभन्दा बदि मर्चेन्टकोमा भुक्तानी समेत गर्न सक्नेछन् ।
मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ । स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५२ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।








प्रतिक्रिया