शुक्रबार, पुष ४, २०८२

एक करोड १९ लाख रुपैयाँ जरिवाना तोकिएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालखोज २०७९ भदौ ८ गते १९:५४


काठमाडौं । एक करोड १९ लाख रुपैयाँ जरिवाना तोकिएका बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार रुकुम ५ सिस्ने घर भई हाल काठमाडौंको बाफल बस्ने ३१ वर्षिय अर्जुन बुढाथोकीलाई पक्राउ गरिएको हो ।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरको विभिन्न मितिको फैसलाले एक करोड १९ लाख चार हजार रुपैयाँ जरिवाना तथा २४ दिन कैद तोकि फरार रहेका बुढाथोकीलाई मंगलबार काठमाडौंको सुकेधारा क्षेत्रबाट पक्राउ गरिएको उक्त कार्यालयले जानकारी दिएको छ । पक्राउ परेका बुढाथोकीलाई बुधबार फैसला कार्र्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत पेस गरिएको छ ।

प्रतिक्रिया