शुक्रबार, पुष ४, २०८२

एमालेको पोलिटब्युरो बैठक बस्दै

नेपालखोज २०७९ भदौ ९ गते ६:३७

काठमाडाैं । नेकपा (एमाले)को पोलिटब्युरो बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । 

मंगलबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले आजका लागि पोलिटब्युरो बैठक बोलाएको थियो । पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने जनाइएकाे छ ।

केन्द्रीय कमिटीको बैठक भदौ १० र ११ गते बस्ने एमालेले निर्णय गरिसकेको छ ।  १२ गते पार्टीको निर्वाचन परिचालन कमिटीको बैठक बस्नेछ । 

प्रतिक्रिया