शुक्रबार, पुष ४, २०८२

साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ८९ पैसा, बिक्रीदर ३४ रूपैयाँ ०५ पैसा

नेपालखोज २०७९ भदौ ९ गते ८:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ ४० पैसा र बिक्रीदर १२८ रुपैयाँ शून्य पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १२७ रुपैयाँ ०७ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५० रुपैयाँ ०८ पैसा र बिक्रीदर १५० रुपैयाँ ७८ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ३७ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ८९ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया