शनिबार, वैशाख २७, २०८२

नेपालले आज घरेलु टोलीसँग पहिलो टी-ट्‌वान्टी खेल्दै

नेपालखोज २०७९ भदौ ९ गते ९:५२

काठमाडाैं । पाँच टी-ट्वान्टी र तीन एकदिवसीय खेलका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीसँग पहिलो टी-ट्वान्टी अन्तराष्ट्रियमा खेल खेल्दै छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले पहिलो खेलमा मुख्य खेलाडी गुमाउने छ । भिषा समयमै नआउदा सोमपाल कामी, आदील अन्सारीलगायत खेलाडी बुधबार मात्रै त्यसतर्फ प्रस्थान गरेका थिए ।

केही खेलाडी भने बिहीबार बिहान मात्रै त्यसतर्फ पुग्नेछन् । उनले सबै खेल जित्न खेल्ने बताएका छन् । कप्तान सन्दीपले समेत सबै खेल जित्न खेल्ने बताएका छन् ।

दोस्रो टी-२० भदौ १० गते , तेस्रो भदौ १२ गते, चौंथो भदौ १३ गते र पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते हुनेछ । यसपछी नेपालले एकदिवसीय खेल खेल्नेछ ।

प्रतिक्रिया