चुनावकेन्द्रित बन्यो एमाले पोलिटब्युरो बैठक
नेपालखोज
२०७९ भदौ ९ गते १२:५१

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक भर्खर सुरु भएको एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
बिहीबारको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार केन्द्रीय कमिटीमा पेस गर्ने राजनीतिक प्रतिवेदनबारे जानकारी गराउनेछन् । यही भदौ १० र ११ गते पार्टीको केन्द्रीय कमिटी बैठकको आयोजना गरिएको छ ।
एमालेले मंसिर ४ गते तोकिएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावलाई केन्द्रित गरी सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको आयोजना गरेको छ । बैठकमा अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा पेस गर्ने प्रतिवेदनमाथि पोलिटब्युरो सदस्यले धारणा राख्नेछन् ।
सम्बन्धित








प्रतिक्रिया