शुक्रबार, पुष ४, २०८२

एनएलजी इन्स्योरेन्स र इ-बिमाबिच सम्झौता

नेपालखोज २०७९ भदौ ९ गते १५:०७


काठमाडौं । पहिलो डिजिटल बिमा सेवा प्रदायक इ-बिमा र एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडबिच हालै एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । इ-बिमाको यो नै पहिलो व्यावसायिक सम्झौता हो । सम्झौताअनुसार इ-बिमाको प्लेटफर्ममार्फत अनलाइनबाट नै इ-बिमा खरिद गर्न सकिनेछ ।

सम्झौता पत्रमा इ-बिमाको तर्फबाटप्रबन्ध निर्देशक रोशन ज्ञवाली र एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडतर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले हस्ताक्षर गरेका हुन् । हस्ताक्षरित सम्झौता आदानप्रदान गर्दै निर्देशक ज्ञवालीले एनएलजी इन्स्योरेन्ससँगको पछिल्लो सहकार्यले नेपाली बिमा बजारमा डिजिटल प्लेटफर्मको महत्वलाई उजागर गरेको बताउँदै जनतामा बिमा नीति डिजिटलीकरणको आवश्यकता बढ्दै गएको उल्लेख गरे ।

इ-बिमासँग यो सम्झौतामा हस्ताक्षर गरेर हामी यो माग पूरा गर्न र भविष्यमा धेरै आवश्यक कदम चाल्न पूर्ण प्रतिबद्ध रहेको निर्देशक ज्ञवालीले बताए । एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले जनतामा बिमा नीतिहरुका लागि डिजिटलाइजेसनको आवश्यकता बताउँदै इ-बिमासँग गरिएको यो सम्झौतापछि बजारको त्यस्तो आवश्यकता पूरा हुने विश्वास व्यक्त गरे ।

बिमा क्षेत्रमा डिजिटलाइजेसनको आवश्यकतालाई अर्को प्रगतिशील पाइलाका रूपमा उल्लेख गर्दै अधिकृत पन्तले एनएलजी इन्स्योरेन्स यस सम्भावनालाई साकार पार्न र यसबाट जनतालाई नीतिहरू प्राप्त गर्न सहज बनाउन सहयोग गर्न पूर्ण प्रतिबद्ध रहेको बताए । इ-बिमाले नेपालमा भएका सबै बीमा सम्बन्धी सेवाहरुको लागि एक-स्टप समाधान हुने र देशका सबै बिमा प्रदायकलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने आशा राख्दछ । इ-बिमा सन् २०१५ देखि विभिन्न बीमा उत्पादन र सेवालाई डिजिटलाइज गर्न सक्रिय छ ।

इ-बिमाको सेवा गैर-जीवन बिमा योजनाहरू र उत्पादनहरूमा मात्र सीमित नभई जीवन बीमा, वैदेशिक रोजगारी, लघु बिमा, विद्यार्थी सुरक्षा योजना र अन्य क्षेत्रहरुमा ग्राहकलाई सबैभन्दा उदारीकृत खरिद विकल्पहरू प्रदान गर्न सक्रिय रुपमा संलग्न छ ।

इ-बिमाले विश्वव्यापी परिवर्तनको गतिमा बजारको विकास गर्न बजारका अन्य सरोकारवालाका लागि बलियो बिमा-टेक प्लेटफर्म विकास गर्न ठूलो मात्रामा लगानी गरेको छ ।

प्रतिक्रिया