हुन्डाईको फेस्टिभ डिलाइन २०७८ अफरको विजेता घोषित

काठमाडौं । हुण्डाईको फेस्टिभ डिलाईन २०७८ अफरको बिजेताहरु घोषित भएका छन् । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको हुण्डाईको फेस्टिभ डिलाईन २०७८ अफरको बम्पर विजेताको नाम घोषणा गरेको हो ।
सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ३ लाख सम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्पmत १ जना विजेतालाई हुन्डाई १२० जित्ने मौका थियो ।
हुण्डाईको फेस्टिभ डिलाईन २०७८ अफरको विजेताको घोषणा हिमालयन टिभीमा लाईभ लक्की ड्र मार्फत २०७९ भाद्र ९ गते गरिएको थियो । सो कार्यक्रमको मुख्य अतिथिमा कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल रहेकी थिइन् ।
हुण्डाईको फेस्टिभ डिलाईन २०७८ अफर अनुरुप बम्पर लक्की ड्र अन्तर्गत कुपन नम्बर १४७०, काठमाण्डौंका लोकेश बज्रचार्यले हुन्डाई १२० जितेका छन् ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र हुण्डाईको फेस्टिभ डिलाईन २०७८ अफर योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको थियो । सो योजना २०७८ भाद्र २४ देखि कार्तिक ३० सम्म लागु गरिएको थियो ।








प्रतिक्रिया