‘तीजको रमझम आई पे रेमिटको तीज गीतमा नाचौं छमछम’

काठमाडौं । हिन्दु नारीको महानपर्व ‘हरितालिका तिज’ लाई लक्षित गरी अई पे रेमिट प्रालीले ‘तिजको रमझम, आई पे रेमिट को गीतमा टिक टक बनाई नाचौँ छमछम’ विशेष योजना सार्वजनिक गरेको छ । यस योजना भदौ १० गतेबाट सुरु भई असोज १५ गतेसम्म लागु हुनेछ ।
यो योजना अन्र्तगत उत्कृष्ट टिकटक भिडियो बनाउने ५ जना भाग्यशाली विजेताले हरेक दिन मोबाइल टप अप पाँच सय रुपैंयाँ, टिकटक भिडियोमा सबैभन्दा बढि लाइक पाउने सहभागीले लक्की विजेता स्वरुप १५ हजार रुपैयाँ र बम्पर पुरस्कारमा एक जना भाग्यशाली विजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस विशेष योजनामा मलेशिया, जापान कोरिया, लगायत विश्वको विभिन्न मुलूकबाट आई पे रेमिट र्माफत धेरै भन्दा धेरै कारोवार गरी योजनालाई सफल बनाइ दिनुहुन सम्पुर्ण सेवाग्राही तथा साझेदार मित्रहरुलाई विनम्र अनुरोध गरेको छ ।
नेपालको जुनसुकै ठाउँमा छरिएर रहेको २० हजार भन्दा बढि भुक्तानी केन्द्रबाट आई पे रेमिट मार्फत् पठाएको पैसा सजिलै प्राप्त गर्न सकिने छ ।
साथै नेपालको जुन सुकै बैंक तथा वित्तिय संस्थामा रियल टाईम एकाउन्ट डिपोजिट र इ वालेटमा रियलटाईम टप अप गर्न सकिने व्यहोरा आई पे रेमिट प्रालीका बजार प्रमुख रुपनारायण श्रेष्ठले जानकारी दिएका छन् ।








प्रतिक्रिया