शुक्रबार, पुष ४, २०८२

वाग्मतीसहित ४ वटा प्रदेशमा बिहानैदेखि वर्षा

नेपालखोज २०७९ भदौ १० गते ६:११

काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जवनाएकाे छ । 

हाल  सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशहरूमा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य रही गण्डकी र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा तथा प्रदेश १ र  वाग्मती प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको विभागले उल्लेख गरेकाे छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली  रहनेछ भने वाग्मती प्रदेश, गण्डकी प्रदेशका र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया