शुक्रबार, पुष ४, २०८२

‘राणाविरुद्ध कुनै प्रमाण भए उपलब्ध गराउनू’

नेपालखोज २०७९ भदौ १० गते ८:०३

काठमाडाैं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध कुनै प्रमाण भए उपलब्ध गराउन सार्वजनिक सूचना जारी गरेको छ । 

राणाविरुद्ध संसद् सचिवालयमा पेस भएको महाअभियोग ‘अध्ययन’ गरिरहेको समितिले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै महाअभियोग लगाइएको आरोपसँग सम्बन्धित प्रमाण भए उपलब्ध गराउन भनेको हो । 

बिहीबार बसेको महाअभियोग सिफारिस समितिको बैठकले राणाविरुद्धको महाअभियोग आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराइदिन सरोकारवालालाई आग्रह गर्ने निर्णय गरेको थियो । 

समितिले राणा विरुद्धको महाअभियोग आरोपसँग सम्बन्धित कुनै प्रमाण, कागजात तथा जानकारी भए अबको ३ दिनसम्म उपलब्ध गराइदिन आग्रह गरेको छ । 

राणाविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरिएपछि उनको पद निलम्बनमा परेको छ ।

प्रतिक्रिया