राष्ट्रियसभाको बैठक बस्दै
नेपालखोज
२०७९ भदौ १२ गते ६:५२

काठमाडाैं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे सुरु हुनेछ । आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने तथा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ ।

सम्बन्धित








प्रतिक्रिया