मंगलबार, पुष १, २०८२

गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक आज पनि बस्दै

नेपालखोज २०७९ भदौ १२ गते ८:३३

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक आज पनि बस्दैछ । कार्यदलको बैठक आज दिउँसाे ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । बैठकमा आगामी निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँडका विषयमा छलफल हुनेछ ।

गत शुक्रबार बसेको कार्यदलको बैठकमा प्रतिनिधिसभासँगै प्रदेशसभातर्फ पनि गठबन्धन दलहरूबीच सिट बाँडफाँडका विषयमा छलफल भएको थियो । दलहरूले आ–आफ्नै दाबी प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया