मंगलबार, पुष १, २०८२

समानुपातिकतर्फ भाग लिनेका लागि दल दर्ताका गर्ने आज अन्तिम दिन

नेपालखोज २०७९ भदौ १२ गते ७:४१

काठमाडाैं । समानुपातिकतर्फ भाग लिने राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगले दिएको समयसीमा आइतबार सकिँदैछ ।

निर्वाचन आयोगले शुक्रबारदेखि समानुपातिकतर्फ भाग लिन चाहने राजनीतिक दलहरूको दर्ता सुरु गरेको थियो । जसअनुसार शुक्रबार, शनिबार र आइतबार दर्ता प्रक्रिया चल्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले दिएको समयमा जनमत पार्टीले समानुपातिक तर्फ भाग लिने राजनीतिक दलको रूपमा पहिलो दर्ता गराएको थियो । निर्वाचन आयोगले भदौ १० देखि १२ गतेसम्म दर्ताका लागि निवेदन पेस गर्न पनि सूचना जारी गरेकाे थियाे ।

प्रतिक्रिया