अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ ४९ पैसा, बिक्रीदर १२८ रुपैयाँ ०९ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२८ रुपैयाँ ०९ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १२८ रुपैयाँ २७ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५० रुपैयाँ ९२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६३ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३५ रुपैयाँ ८० पैसा र बिक्रीदर ३४ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ३६ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ९५ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर









प्रतिक्रिया