मंगलबार, पुष ८, २०८२

प्रभु क्यापिटलकाे हितग्राही ग्राहकलाई विशेष अफर

नेपालखोज २०७९ भदौ १२ गते ११:०२

काठमाडौं । प्रभु क्यापिटलले चाडवाडको अवसर पारी आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । यही भदौ आठ गते प्रभु क्यापिटल तथा टि ३ थकाली ग्रुपका बीचमा समझौता भएको छ । यस अफर अन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले टि ३ थकाली ग्रुपका बाट सेवा लिदा १२ प्रतिशत छूट पाउने भएका छन् ।

यो योजनाबाट लाभ लिन हितग्राहीले चेक आउट तथा बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्नेछ । सम्झौताको मितिदेखि तीन महिनासम्म सञ्चालन हुने यो अफरको लाभ क्यापिटलको हितग्राही ग्राहकले टि ३ थकाली ग्रुपको एयरपोर्ट, महाराजगंज तथा टोखाका शाखाहरुबाट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

नेपाली पुँजी बजारमा भिडियो केवाईसी मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्छ । हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई डिपी सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया