रत्नपार्कस्थित सडकमा रहेको अवैध संरचना भत्काउँदै नगर प्रहरी
नेपालखोज
२०७९ भदौ १२ गते १३:३९

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरीले रत्नपार्कस्थित सडकमा रहेको अन्डर पास छिर्ने अवैध संरचना भत्काएको छ । भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथिको अवैध संरचना महानगर प्रहरीले आफैं भत्काएको हो ।
नगरप्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालले पैदलयात्रु हिँड्ने सब वेमाथि व्यापार गर्ने थपिएको नक्सा विपरीतको संरचना भत्काएको जानकारी दिए । महानगरले ठेक्का दिएको ठेकदरले थपेको संरचना अवैध ठहर भएपचि भत्काएको उनले बताए ।
सम्बन्धित








प्रतिक्रिया