मंगलबार, पुष १, २०८२

लिबियामा भएको पछिल्लो झडपमा बाह्रको मृत्यु, सतासी जना घाइते

नेपालखोज २०७९ भदौ १२ गते १४:३६


त्रिपोली । लिबियाको राजधानी त्रिपोलीमा पुनः हिंसा भड्किएको छ । सो हिंसामा परेर कम्तीमा पनि १२ जनाको ज्यान गएको छ भने अरु ८७ जना घाइते भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । त्रिपोलीमा शनिबार विद्रोहीहरुले आक्रमण गरेका बताइएको छ ।

सो हिंसामा परेर अस्पतालमा पनि क्षति पुगेको छ । त्यस्तै कतिपय मेडिकल सेन्टरमा पनि आगजनी भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । सरकारी फौजमाथि लिबियाका विद्रोहीहरुले हमला गरेका बताइएको छ । यसबाट राजधानी त्रिपोलीको मध्य क्षेत्रका कतिपय सरकारी भवनहरुमा पनि क्षति पुगेको बताइएको छ ।

शनिबार भएको विद्रोहीहरुको आक्रमणबाट मारिनेमा सर्वसाधारण नागरिक पनि परेका बताइएको छ । सो आक्रमणको संयुक्त राष्ट्रसङ्घीय मिसनले विरोध गरेको छ । लिबियामा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनले यहाँका विद्रोहीहरुको आक्रमणबाट भएको क्षतिको विरोध गर्दै शान्ति प्रक्रियाबाट नै सबै समस्याको समाधानका लागि आग्रह गरेको छ ।

प्रतिक्रिया