दृढ संकल्पका साथ निर्वाचनमा लाग्न अध्यक्ष ओलीको निर्देशन
नेपालखोज
२०७९ भदौ १२ गते २०:२२

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत हासिल गराउने दृढ आत्मविश्वास र संकल्पका साथ लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको पहिलो बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले अबको निर्वाचनमा पार्टीले विजय हासिल गर्नु भनेको एमालेका लागि मात्र नभई सिङ्गो राष्ट्र जोगाउनका लागि हो भन्ने बताए ।
अध्यक्ष ओलीले देशको विकास र समृद्धि तथा जनताको जीवन सुखमय बनाउने नीतिहरू एमालेसँग मात्र रहेका र ती नीति कार्यान्वयनका लागि निर्वाचनमा बहुमत प्राप्त गरी सरकार गठनको निम्ति परिचालित भई पार्टीलाई विजयी बनाउन सिङ्गो पार्टीपंक्तिलाई निर्देशन दिए ।
सम्बन्धित








प्रतिक्रिया