बिहीबार, पुष ३, २०८२

सिड्स फर द फ्युचरमा नेपालले ६ टोलीसहित टिच फर गुड प्रोजेक्ट जित्यो

नेपालखोज २०७९ भदौ १३ गते २१:४७


काठमाडौं । सीड्स फर द फ्युचर ह्वावेको विश्वव्यापी फ्ल्यागशिप कार्यक्रम हो जसको उद्देश्य स्नातक स्तरका आईसीटी विद्यार्थीहरू लक्षित छ ।

नेपालमा सन् २०२१ मा सुरु भएको यस कार्यक्रमले विद्यार्थीहरूबाट अत्याधिक सकारात्मक प्रतिक्रिया पाएको छ । साथै, अगस्ट १८ मा प्रतिस्पर्धात्मक आवेदन प्रक्रियाबाट छनोट भएका नेपालका ७ जना विद्यार्थी पहिलो पटक क्षेत्रीय ‘अनसाइट कार्यक्रम’ मा सहभागी हुन थाइल्याण्ड प्रस्थान गरेका थिए ।

एक ब्यस्त हप्तामा उनीहरूले मेटाभर्स , छन्, ए आइ AI), र क्लाउडको बारेमा सिकेका थिए र (UNESCAP) कार्यालय र थाइल्यान्डका सांस्कृतिक साइटहरूको भ्रमण पनि समावेश थियो । सो अवधिमा उनीहरूलाई आफ्नो प्रोजेक्ट – अड्भेट (Advait) लाई परिष्कृत गर्नका लागि राखिएको मेन्टरसँग काम गरेको पनि देखियो । अगस्ट २७ मा भएको (Tech4Good) प्रतियोगितामा अड्भेट विजयी प्रोजेक्टहरू मध्ये एक थियो। एसिया प्रशान्त क्षेत्रका १६ देशका २४ टोलीले प्रतियोगितामा आफ्नो अद्वितीय विचार प्रस्तुत गरेका थिए जसमध्ये ७ टोलीलाई विजेताको रूपमा छनोट गरिएको थियो ।

अड्भेट एउटा एप हो जसले औषधिमा ठगी पत्ता लगाउन ब्लकचेन (Blockchain र एआई (AI प्रयोग गर्दछ । विचार यो हो कि औषधिको प्रत्येक फाइलमा क्यु आर कोड कोड (QR code) राखिएको छ । यो क्यु आर कोड स्क्यान गरेपछि, खरिदकर्ताहरूलाई उत्पादन मिति, म्याद समाप्ति मिति, आधिकारीक वितरकर खुद्रा विक्रेता मार्फत औषधि आएको हो कि हैन, र एम आर पि बारे सूचित गरिन्छ ।

टिम नेपालले अन्य ६ विजेता टोलीहरूसँग अर्को हप्ता सिंगापुरमा त्भअजद्धन्ययम एक्सेलेटर क्याम्पमा भाग लिनेछ जहाँ उनीहरूले विज्ञहरूसँग भेट गर्नेछन् र सिंगापुरको नेसनल युनिभर्सिटी क्याम्पसमा आफ्नो आइडियाको सार्वजनिक डेमो गर्नेछन् ।

प्रतिक्रिया