सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
नेपालखोज
२०७९ भदौ १४ गते ११:०४

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । छापावाल सुन प्रतितोला ३ सयले बढेर ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको भाउ ३ रुपैयाँ बढेको छ । तेजाबी सुन आज प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी आज प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

सम्बन्धित
प्रतिक्रिया