मंगलबार, पुष ८, २०८२

‘एमबान स्पोर्ट्स मिट २०२२’ आयोजना हुने

नेपालखोज २०७९ भदौ १४ गते १६:३३

काठमाडौं । नेपाल मर्चेन्ट बैँकर संघको संयोजकत्वमा स्वच्छ जीवनशैलीको लागि संगसगै भन्ने नारासहित पहिलो पटक ‘एमबान स्पोर्ट्स मिट २०२२’ आयोजना हुने भएको छ ।

संघकाअनुसार यस अन्र्तगत विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गरिने छ ।उक्त प्रतियोगितामा नेपाल मर्चेन्ट बैँकर संघका सदस्य संस्थाहरु साथै नियमक निकाय तथा अन्य सरोकारवाला निकायहरु समेत सहभागी हुन गइहेका छन् ।

उक्त प्रतियोगितामा फुटसल, टेबल टेनिस र ब्याटमिण्टनलाई विभिन्न विधामा समावेश गरिएको छ । उक्त प्रतियोगितामा पुरुष तथा महिला बिधामा टेबल टेनिस र ब्याटमिण्टनका प्रतिस्र्पधाहरु हुनेछ भने पुरुष विधामा फुटसल प्रतिस्र्पधा समेत हुनेछ र सम्पूर्ण प्रतियोगिताहरु राष्ट्रिय तथा अन्र्तराष्ट्रिय नियमहरुको अधिनमा रहि संचालन हुनेछन् ।

सो कार्यक्रमको उद्घाटन सहित टेबल टेनिस र ब्याटमिण्टनका प्रतिस्पर्धाहरु यहि मिति २०७९ भाद्र १७ र १८ गतेका दिन भत्केको पुल अवस्थित धनवन्तरी फुटसलमा हुनेछन् भने फुटसलका प्रतिस्र्पधाहरु प्रतियोगिता समापन सहित मिति २०७९ भाद्र २४ र २५ गतेका दिन चन्डोैल अवस्थित ढुकु फुटसल हवमा आयोजना हुनेछन् ।

प्रतिक्रिया