मंगलबार, पुष ८, २०८२

सानिमाको मोबाइल बैंकिङ योजनामा विशेष अफर

नेपालखोज २०७९ भदौ १५ गते ११:३८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ प्रयोगमा प्रोत्साहन गर्न विशेष योजना सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत, सानिमा मोबाइल बैंकिङबाट पहिलोपटक टपअप गर्ने ग्राहकले १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने नायब प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले जानकारी दिए । यसैगरी मोबाइल बैंकिङ्ग प्रयोगकर्तामध्ये सबैभन्दा बढी कारोबार गर्ने तीनजनाले मोबाइल फोन जित्न सक्नेछन् । मोबाइल बैंकिङ एपमार्फत फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्यूआर कोडबाट भुक्तानी, मोबाइल टपअप आदि गर्न सक्ने छन् । यो योजना २०७९ भदौ १३ देखि २०७९ मंसिर १३ गतेसम्म लागु हुनेछ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय तथा १२० वटा एटीएम सञ्चालनमा छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेस्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

प्रतिक्रिया