बुधबार, पुष २, २०८२

तीजमा नाचगान गर्दा चट्याङ लागेर दुईजनाको मृत्यु

नेपालखोज २०७९ भदौ १५ गते ११:५५

दाङ । दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । गए राति तीजको अवसरमा नाचगान भइरहेको समयमा घोराही उपमहानगरपालिका १२ गुरौमा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार चट्याङ लागेर १२ महिला घाइते भएका छन् । उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ । घटनास्थल टेलिफोनको समस्या भएकाले थप जानकारी प्राप्त हुन नसकेको प्रवक्ता गौतमले बताए ।-रासस

प्रतिक्रिया