बुधबार, पुष २, २०८२

सामसङले ल्यायो दशैं उपहार : डेलीटिभी, ड्याम्मै कार

नेपालखोज २०७९ भदौ १५ गते १३:५८

काठमाडौं । नेपालको अग्रणी मोबाइल कम्पनी सामसङले यस वर्षको चाडपर्वमा आफ्ना उपभोक्ताहरुको लागि एक अर्को उत्साहजनक उपभोक्ता अफर–यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार योजना ल्याएको छ ।

यो अफर भाद्र १४ देखि असोज १४, २०७९ सम्म लागु हुने बताएकाे छ । सामसङ स्मार्ट फोन वा ट्याबलेट खरीद गर्ने जो कोही यस योजनामा सहभागी बन्न सक्नेछन् र योजनामा सहभागी बन्नका लागि ग्राहकले सामसङ स्पेस राखी खरीद गरेको डिभाइसको सिरियल नं. टाइप गरेर ३५००१ मा एसएमएस पठाउनु पर्नेछ । यसरी एसएमएस पठाउने ग्राहकले हरेक दिन ६५ इन्चको सामसङ टिभी र बम्पर पुरस्कारमा एउटा कार ड्याम्मै जित्न बताएकाे छ ।

यस अफरको बारेमा जानकारी दिंदै सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘सामसङ उपभात्ताहरुको जीवनलाई सहज बनाउनको लागि सधै प्रतिबद्ध छ । यो चाडपर्वको मौसममा हामीले हाम्रा उपभोक्ताहरूलाई खुसी हुने र उनीहरूको जीवनलाई अझ राम्रो बनाउने अर्को कारण प्रदान गर्ने कोशिश गरेका छौैं । आफ्नो मनपर्ने सामसुङ स्मार्टफोन र ट्याब्लेटको प्रत्येक खरिदको साथ उपभोक्ताहरूले अर्कषक उपहारहरू जित्ने मौका पाउनेछन् । यस योजनाले हाम्रा ग्राहकहरूलाई पुरस्कृत गरि यस माहान चाड अझै हर्षित र उत्साहजनक बनाउँछ भन्ने विश्वास हामीले राखेका छौं ।’

कम्पनीकाअनुसार यो योजनामा सहभागी बन्नका लागि हरेक सहभागीले सामसङको आधिकारिक बिक्रेता वा इ–कमर्स साइटबाट अफरको अवधिभरमा सामसङ स्मार्ट फोन वा ट्याबलेट मध्ये कुनै एक खरीद गरेकै हुनु पर्दछ । यसरी सामान खरीद गरेपछि खरिदकर्ताले खरिद गरेको सामानको सिरियल नम्बरसहित सामसंङ टाइप गरेर ३५००१ मा एसएमएस पठाउनु पर्दछ ।

एसएमएस पठाउने सबै सहभागीहरु मध्येबाट विजेताको चयन गरिनेछ र गोलाप्रथा साप्ताहिक रुपमा गरिनेछ । यद्यपि, योजना अवधिभरका लागि दैनिकरुपमा गोलाप्रथा संचालन गरिनेछ र गोलाप्रथालाई सामसङ फेसबुक पेजमा लाइभ गरिनेछ । विजयी सिरियल नम्बरहरु सोहीदिन फेसबुक पेजमा पोस्ट जनाएकाे छ ।

प्रतिक्रिया