बुधबार, पुष २, २०८२

आफ्नो पार्टी गठबन्धनकाे भर्‍याङ नभएको नेपालको भनाइ

नेपालखोज २०७९ भदौ १५ गते २०:४४


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधान रक्षाका लागि विगतमा आफूहरूले राष्ट्रिय राजनीतिमा निर्वाह गरेको भूमिकाको अवमूल्यन गर्न खोजिए त्यो स्वीकार्य नहुने बताएका छन् ।

युवा सङ्घ नेपालले आजदेखि आयोजना गरेको मेची–महाकाली जागरण अभियानको शुभारम्भ कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनमा आफूहरूलाई अपमान गर्न खोजिएको भन्दै फाइदा नहुने गठबन्धन गरेर आफ्नो पार्टी कसैका लागि भर्‍याङ मात्र नहुने बताए । आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनले सन्तुलित तथा न्यायोचित ढङ्गबाट सिट बाँडफाँट गर्नुपर्ने उनको भनाइ थियो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले गाउँगाउँमा मतदाता शिक्षा दिनुपर्नेमा जोड दिँदै मतदातालाई शिक्षित बनाउन नसक्दा स्थानीय तह निर्वाचनमा आफूहरूले लाखौँ मत गुमाएको बताए ।

प्रतिक्रिया