रिलायन्स लाइफको क्षेत्रीय एजेन्सी भेटघाट बर्दिवास र हेटौडामा सकियाे

काठमाडौं । रिलायन्स लाइफ इन्सोरेन्सले एजेन्सी भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका अनुसार यहि भाद्र ८ र ९ गते बर्दिबास र हेटौडामा ‘क्षेत्रीय एजेन्सी भेटघाट सम्मेलन– रिलायन्स साथी क्षेत्र ५ र ९ को सम्मेलन’, सफलता पूर्वक सम्पन्न गरिएको हो ।
उक्त सम्मेलनको प्रमुख अतिथिको रुपमा सहायक प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलको उपस्थित रहेको थियो । त्यसैगरी प्रमुख व्यापार अधिकारी सूर्य प्रकाश गुप्ता र सन्दीप कसजु, क्षेत्रीय सहायक प्रबन्धकहरु, तथा रिलायन्स साथीका सो क्षेत्रका सम्पुर्ण सदस्यहरु उपस्थित रहेका थिए ।
कार्यक्रममा प्रेरक प्रसिक्षक बीपी रेग्मीले आङ्खनो भनाई र उद्धरणहरु प्रस्तुत गरेर त्यहाँ उपस्थित सम्पुर्ण रिलायन्स साथी लगायत अन्य महानुभावहरुको ध्यान आकर्षण गरेका थिए । हरेक वर्ष प्रत्येक क्षेत्रमा गरिँदै आएको यो एजेन्सी भेला कम्पनीको व्यवसायिक प्रयोजनको लागि विभिन्न तालिम दिइएको थियो ।








प्रतिक्रिया