मंगलबार, पुष ८, २०८२

कुमारी बैंकको शाखा खुर्कोटमा सञ्चालन

नेपालखोज २०७९ भदौ १६ गते १२:०८

काठमाडौं । कुमारी बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा वाग्मती प्रदेश सिन्धुली जिल्लास्थित खुर्कोट शाखा यही भदौ १५ गते बुधबारबाट सञ्चालनमा ल्याएकोे छ । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानियलाई सहज रुपमा बैंकिङ सेवा पुर‍औयाउने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्‍याउने योजना बनाएको छ ।

विगत २१ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले, देशभर रहेका १९८ शाखा संजाल, १९४ एटिएम, २४ एक्सटेन्सन काउन्टर तथा ४९ शाखारहित बैंकिङ ईकाईहरु मार्फत ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझै बढी सेवा दिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया