मंगलबार, पुष ८, २०८२

‘सिबिफिन-नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ भदौ ३१ प्रदान गरिने

नेपालखोज २०७९ भदौ १६ गते १८:३५

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को आर्थिक सहयोगमा ‘सिबिफिन-नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको छ ।

नाफिजका अध्यक्ष मोदनाथ ढकाल र सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले बिहीबार एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यो वर्षको ‘सिबिफिन(नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ भदौ ३१ गते नाफिज वार्षिकोत्सवको विशेष समारोहमा ५०-५० हजार रुपैयाँको दरले दुई जनालाई प्रदान गरिनेछ । पुरस्कार छनोटका लागि दुवै संस्थाको प्रतिनिधित्व रहने गरी तीन सदस्यीय कार्यदल गठन गरिनेछ ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा सिबिफिनका अध्यक्ष गोल्यानले सिबिफिन बैंक तथा वित्तीय संस्थामात्र नभएर समस्त अर्थतन्त्रको हितमा काम गर्न स्थापना भएको जानकारी दिए ।

समारोहमा सिबिफिनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह, उपाध्यक्ष राजेश उपाध्याय, महासचिव केशवबहादुर रायमाझी, कोषाध्यक्ष तुल्सीराम अग्रवाल, सचिव कुशप्रसाद मल्ली र महानिर्देशक डा. गोपालप्रसाद तिवारी तथा नाफिजका महासचिव नारायणप्रसाद पौडेल र कार्यसमिति सदस्यद्वय दीपक भट्ट र रोविन पौडेलको उपस्थिति थियो ।

प्रतिक्रिया