मंगलबार, पुष ८, २०८२

सुरु भयो एभरेष्ट बैंक र पतञ्जलि नेपालको ब्रान्डेड क्रेडिट कार्ड

नेपालखोज २०७९ भदौ १६ गते २०:४१


काठमाडौं । एभरेष्ट बैंक लि. र पतञ्जलि आयुर्वेद प्रा.लि. नेपालले को ब्राण्डेड क्रेडिट कार्डको सुरुवात गरेका छन् । तीजको अवसरमा नयाँ दिल्ली, भारतमा भएको सो कार्यक्रममा स्वामी रामदेव बाबा र आचार्य बालकृष्णले संयुक्त रुपमा सो कार्डको सुरुवात गरेका हुन् ।

यस कार्डबाट उपभोक्तले चाडपर्वको अवसरमा पतंजलीका सामानको खरिदमा विभिन्न नगद फिर्ता, बिमाका साथै अन्य थुप्रै सुविधा पाउनेछन् भने सुरुवाती ३ महिनाको लागि इसुयेन्स फि मा ५० प्रतिशत छुट हुने बताइएकाे छ । सो कार्यक्रममा पतंजलीका प्रबन्ध निर्देशक आचार्य बालकृष्णले, उक्त कार्डबाट पतंजलीले आफ्ना ग्राहकलाई निकै फाइदा पुग्नुका साथै एभरेष्ट बैंकले पनि एभरेष्ट हिमालझैं उनीहरुका आवश्यकता पुरा गर्ने विश्वास व्यक्त गरे ।

साथै स्वामी रामदेव बाबाले उक्त सुविधाबाट विभिन्न नगद फिर्ता, बिमा र अन्य सुविधाले गर्दा आफ्ना ग्राहकहरुलाई खर्च व्यवस्थापनमा निकै टेवा पुग्ने विश्वास व्यक्त गरे । यस कार्डबाट बैंक र पतंजलीका ग्राहकको खरिद अनुभव नौलो तथा स्मरणयोग्य हुनुका साथै सरल तथा सहज बताइएकाे छ ।

स्थापना कालदेखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म १२ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५३ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

प्रतिक्रिया