सामसङले ल्यायो ग्यालेक्सी बड्स २ प्रो र ग्यालेक्सी वाच ५ र वाच ५ प्रो

काठमाडौं । सामसङले ल्यायो ग्यालेक्सी बड्स २ प्रो र ग्यालेक्सी वाच ५ र वाच ५ प्रो बजारमा ल्याएको छ । उक्त कम्पनीले सदा स्वस्थ, लायक बनाइ राख्न चाहने आफ्ना ग्राहकहरुको लागि आफूलाई अद्यावधिक गराइरहने जनाएकाे छ ।
सामसङ इकोसिस्टममा जोडिएका सम्पूर्ण नयाँ संस्करणहरुमा नयाँ ग्यालेक्सी बड्स २ प्रो र ग्यालेक्सी वाच ५ र वाच ५ प्रो रहेका छन्, जुन हालसालै मात्र नेपालमा पेश गरिएको बताइएकाे छ ।
छ । दुवै उपकरणहरुले सामसङले निर्माण गरेको विद्यमान इकोसिस्टमको स्तरोन्नति गरेको छ । सामसङको ताररहित स्टेरीयो ग्यालेकसी बड्स २ प्रोले गहन श्रवणको अनुभव प्रदान गरेर तपाईंलाई आफ्नो काममा केन्द्रित हुन र सम्पर्क बनाइराख्न मद्दत गर्नुका साथै बड्स २ प्रोले गुणस्तरीय ध्वनि श्रवण गराउने र चारैतिर एकदम स्पष्ट स्वरमा उच्च गुणस्तरमा गुञ्जिने जनाएकाे छ ।
यसमा जडित ताररहित हाइ फाइ २४ बिट अडियो र एक तीक्ष्ण ३६० अडियोले तपाईंलाई जस्तै भीडमा बसेर पनि युट्युबमा मन्त्रमुग्ध भएर सुन्न सकिने छ ।
बड्स २ प्रोमा भएको शक्तिशाली सक्रिय ध्वनि रद्ध गर्ने (एएनसि), जसलाई पहिलेको तुलनामा अधिक सुधभार गरिएको छ, त्यसको साथमा सबै बाहिरी हल्लाहरुमाथि नियन्त्रण प्राप्त गरी आफ्नो काममा मात्र ध्यान केन्द्रित गर्न सकिने छ ।
यी सम्पूर्ण विशेषताहरुले गर्दा ग्यालेक्सी बड्स २ प्रोको लाभ लिन यो डिभाइस तपाईंको सामसङ इकोसिस्टममा थपिनै पर्ने भएको छ । यसको बजार मूल्य २७ हजार नौं सय ९९ रुपैंयाँ मात्र कायम गरिएको कम्पनीले जानकारी दिएको छ ।








प्रतिक्रिया