कुमारी बैंकलाई ‘एक्सिलेन्स इन ई-कमर्स बिजनेस २०२२’ अवार्ड

काठमाडौं । कुमारी बैंकले ‘एक्सीलेन्स इन इ–कर्मश बिजनेश २०२२’ प्राप्त गर्न सफल भएको छ । यही भदौ १५ गते भिसा इन्टरनेशनलद्वारा लिर्डर कन्क्लेभ पेमेन्ट इनोभेशन फर डिजिटल नेपाल सम्मेलनको आयोजना भएको थियो । सो आयोजित लिर्डस कन्क्लेभ सम्मेलनमा भिसा इन्टरनेशनद्धारा कुमारी बैंक लिमिटेडलाई ‘एक्सीलेन्स इन इ–कर्मश बिजनेश २०२२’ अवार्डले सम्मानित गरिएको हो ।
यो अवार्ड कुमारी बैंकलाई अभिनव उत्पादन र कार्ड भुक्तानी उद्योगमा उच्चतम ईकमर्स व्यवसायको मात्रा हासिल गरेकोमा प्रदान गरिएको हो । आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।
हाल कुमारी बैंकले आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ इकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता कुमारी बैंर्कले जनाएको छ ।








प्रतिक्रिया