मंगलबार, पुष ८, २०८२

कामना सेवा विकास बैंकद्वारा डिजिटल वीक सार्वजनिक

नेपालखोज २०७९ भदौ १९ गते १२:२७


काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ग्राहकलाई डिजिटल माध्यम मार्फत सहज र सरल तरिकाले भुक्तानी प्रोत्साहन गर्नको लागि यही भदौ १९ गते अर्थात आज (आईतबार) देखि २०७९ साल भाद्र २४ गते शुक्रबार सम्म के.एस डिजिटल वीक सार्वजनिक गरेको छ ।

नगद छोडौं, डिजिटल रोजौं कार्यक्रम अन्तर्गत यस के.एस डिजिटल वीकमा कामना सेवा विकास बैंकका क्यु आर मर्चेन्टहरुले क्यु आर प्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको अधिकतम ५० रुपैंयाँ १५ प्रतिशत बोनस बापत कामना सेवा बैंकमा रहेको आफ्नो खाता मार्फत प्राप्त गर्न सक्नेछन् ।

साथै बैंकका ग्राहकहरुले समेत डिजिटल कारोबारमा आकर्षक छुट प्राप्त गर्न सक्ने छन् । आईएमई पे तथा खल्ती डिजिटल वालेटमा कामना सेवा विकास बैंक लिंक गरी एक सय रुपैयाँसम्मको क्यास ब्याक लगायत अन्य थुप्रै डिस्काउन्ट र आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन् । बैंकले यो योजना आफ्नो डिजिटल पार्टनर्स फोन पे, एफ वान सफ्ट, एनसिएचएल, भिसा, आईएमई पे, खल्ती डिजिटल वालेट सँगको संयुक्त साझेदारीमा ल्याएको हो ।

बैंकले डिजिटल कारोबारलाई प्रबर्धन गर्ने उद्देश्यले यो योजना ल्याएको हो । साथै यस योजनाले नेपाल राष्ट्र बैंकले घोषणा गरेको डिजिटल पे मेन्ट एयरलाई टेवा पुर्‍याउने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया