कुमारी क्यापिटलको चौथो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले यही भदौ २० गते सञ्चालक समितिका अध्यक्ष बिकास खनालको सभापतित्वमा टंगाल स्थित कुमारी बैंक लिमिटेडको केन्द्रिय कार्यालयमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
उक्त सभामा कम्पनिको आ. व. ०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, सोही आर्थिक वर्षको लेखापरिक्षकको प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा यो विवरणसँग सम्बन्धित अनुसुचिहरु पारीत भएको कम्पनीले जानकारी दिएको छ । सभाले कम्पनिको हाल कायम चुक्ता पुँजी ४० करोड रुपैयाँ मध्येबाट पाँच प्रतिशतले हुन आउने दुई करोड रुपैंयाँ बराबरको नगद लाभांस वितरण गर्ने प्रस्ताव सर्वसम्ममतिबाट पारित गरेको छ ।
सभाका अध्यक्षले कम्पनिले आगामि दिनहरुमा प्रविधिको उच्चतम प्रयोगबाट आफ्नो सेवाहरुको पँहूच विस्तार गरी अझ गुणस्तरीय सेवा प्रदान गर्दै पुँजी बजारको विकासमा उल्लेखनीय योगदान पुर्याउने विश्वास दिलाउँदै शेयरधनी कुमारी बैंक लिमिटेड, नियामक निकाय तथा सम्पुर्ण सुभेच्छुकबाट प्राप्त सहयोगका लागि कृतज्ञता व्यक्त गर्नुका साथै आगामि दिनहरुमा अझ बढि सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।








प्रतिक्रिया