मंगलबार, पुष ८, २०८२

होन्डाको दसैँको शुभ-लाभ सार्वजनिक

नेपालखोज २०७९ भदौ २१ गते १८:५६

काठमाडौं । होण्डा टुव्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डाको दशैंको शुभ लाभ’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरूले पाउन सक्ने छन् स्क्र्याच कुपन मार्फत सात लाख सम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरु, साथै, सातवटै प्रदेशबाट एक एक जना गरी सात जनाले पाउन पाउन सक्ने छन् सात लाख रुपैंयाँ, बम्परमा लक्की ड्र मार्फत जित्न सक्ने छन् १५ लाख नगद उपहार र साथ साथै इजी फाइन्यान्सको पनि सुविधा रहेको छ ।

यो योजना २०७९ भाद्र २० गतेदेखि सुरु भई सीमित अवधिसम्म मात्रै लागू हुनेछ । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया