एलिकाको दशैं तिहारकाे अफर सार्वजनिक

काठमाडौं । ईओएल प्राली, नेपालमा एलिका उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले यसपालीको दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । एलिका ब्रान्ड घरेलु उपकरण र भान्साको विश्वको अग्रणी निर्माता हो ।
नेपालमा भान्सा उपकरणहरूका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको एलिका ब्रान्डले नेपालको सबैभन्दा ठूलो उत्सव दशैं र तिहारलाई लक्षित गर्दै ‘दशैं तिहार मनाऔं, खुशीमा रमाऔं’ भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत एलिकाको कुनै पनि सामानको (चिम्नी, कुक टप , हब, कुकिङ्ग रेञ्ज, बिल्ट–इन ओभन, बिल्ट–इन मिक्रो वेभ ओभन) खरिदमा सीजी ब्रान्ड को इलेक्ट्रिक केट्टल उपहार स्वरूप प्रदान गरिएको छ ।
यो ग्राहक योजना भाद्र १३, २०७९ देखि नेपालभरि सीमित अवधिको लागि लागू गरिएको छ । एलिकाले आफ्ना मूल्यवान ग्राहकहरूलाई चाडपर्वको अवसरमा अफर दिएको यो पहिलो पटक हो । एलिका १९७० मा स्थापित एक इटालियन कम्पनी हो जसले किचन हुड, इन्डक्शन हब, र बोइलर डिजाइन र निर्माण गर्छ ।
आज कम्पनीको विश्वभर इटाली, पोल्याण्ड, मेक्सिको, भारत र चीनमा सातवटा प्लान्टहरू छन् । ३,८०० कर्मचारीहरूले हरेक वर्ष २०.७ मिलियन हुडदेखि मोटरसम्म उत्पादन गर्छन् ।
एलिकाकोको खाना पकाउने व्यवसाय इकाईले घरेलु प्रयोगको लागि किचन हुडहरू डिजाइन, निर्माण र बिक्री गर्दछ । एसियाली बजारका लागि कम्पनीले हब, ओभन र स्टेरिलाइजर पनि उत्पादन गर्छ ।








प्रतिक्रिया