मंगलबार, पुष ८, २०८२

तरलता समस्या समाधान गराउन कोषलाई बैंकर्सको आग्रह

नेपालखोज २०७९ भदौ २३ गते १६:२६

काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुले बजारमा देखिएको तरलता समस्या समाधान गर्न कोषले प्रभावकारी भुमिका खेल्नुपर्नेमा जोड दिएका छन । कोषले आयोजना गरेको वित्तीय क्षेत्रको तरलता समस्या र नागरिक लगानी कोषको भूमिका सम्वन्धी छलफल कार्यक्रममा बैकर्सहरुले वित्तीय क्षेत्रमा तरलता समस्या देखिएको भन्दै कोष जस्ता संस्थाले केही मात्रामा भएपनि बजारमा तरलता अभाव न्युनीकरण गर्ने भूमिका खेल्नुपर्नेमा जोड दिए ।

कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको तर्फबाट विषयवस्तुको प्रस्तुतीकरण गरेका थिए । उनले तरलता समस्याको कारण कोषले सहभागीलाई प्रवाह गर्ने ८० प्रतिशत ऋण सापटीको माग बढि रहेको बताए । सहभागी आवास तथा सरल कर्जाको मागमा पनि बृद्धि भएको, बिभिन्न बैंकबाट जारी गर्ने डिबेन्चर निस्काशनमा बृद्धि हुन थालेको, खुल्ला बजार नीति अनुरुप माग र आपूर्तिको आधारमा व्याजदर कायम नभएकोे धारणा राखे ।

उनले १५ भदौसम्मको तथ्याकं अनुसार कोषको कुल लगानीको ६५ प्रतिशत लगानी बैँकिग क्षेत्रमा रहेको जानकारी दिए । २०७९ असार मसान्तसम्म कोषको खुद कोष मौज्दात २ खर्ब १७ अर्ब रुपैँया रहेको र १ खर्ब ९४ अर्ब लगानी रहेको पनि नेपालले जानकारी गराए ।

कार्यक्रममा नेपाल बैकर्स एसोसियसनका अध्यक्ष अनिल कुमार उपाध्याय, ग्लोबल आइएमई बैकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बजारमा देखिएको तरलता समस्याको बारेमा धारणा राखे । कोष संचालक समितिका अध्यक्ष प्रा.डा.सूर्य बहादर थापाले कोष र बैंकहरुले आपसी सहकार्य गरी अहिले बजारमा देखिएको तरलता अभावलाई न्युनीकरण गर्नेतर्फ विशेष जाड दिनुपर्ने खाँचोे औल्याए ।

उनले कोषले अर्थतन्त्रमा योगदान पुर्‍याउने तर्फ कार्य गरीरहेको र यस्तो कार्यलाई अझ प्रभावकारी रुपमा अघि बढाउन प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया