युनिलिभर र नबिलबीच च्यानल फाइनान्सिङको लागि सम्झौता

काठमाडौं । युनिलिभर नेपाल लिले आफ्ना वितकरकहरुको व्यावसायिक कर्जा सुरक्षा समाधानका योजनाहरु विस्तार गर्दै नबिल बैंकसँग च्यानल फाइनान्सिङ लागि सम्झौता गरेको छ ।
यही भदौ २० गते युनिलिभर नेपाल लिका तर्फबाट प्रबन्धक निर्देशक, अमलान मुखरजी र नबिल बैंक लिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत, ज्ञानेन्द्र प्रसाद ढुंगानाले नबिल बैंक लिका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एसएमई तथा लघुवित्तका प्रमुख निरज बस्नेत (डनिल) का साथै युनिलिभरका मुख्य वितरकहरुको उपस्थितिमा सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता हस्ताक्षर सगै हामीले आफ्ना तीन जना प्रमुख वितरकहरुलाई च्यानल फाईनान्सिङ सुविधाका लागि सिफारिस पत्र पनि हस्तान्तरण गरेका छौं, युनिलिभरले भनेको छ । यस अन्तर्गत युनिलिभर नेपाल लि. सँग आबद्ध व्यवसायीहरुले च्यानल पार्टनरको रुपमा थप व्यवसाय विस्तार गर्न चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि आर्कषक ब्याजदर र धितो अनुपातमा नबिल बैंकका देशै भरि फैलिएका शाखा सञ्जालहरुबाट च्यानल फाईनान्सिङ कर्जा उपभोग गर्न पाउने छन् ।
च्यानल फाईनान्सिङका प्रमुख आर्कषण अन्तर्गत च्यालन प्रिन्सिपलले आफ्ना च्यालन पार्टनरहरुलाई सामान बिक्री गरेको बिल बराबरको पुरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुनेछ । साथै व्यवसायीहरुको लागि व्यवसाय विस्तार गर्न अन्य एस. एम. ई. कर्जा पनि उपलब्ध हुनेछ ।
यस सहकार्यबाट नेपालभरी दुई सय भन्दा बढी शाखाहरु चलयमान रहेको नबिल बैंक लिमिटेडमार्फत नेपाल भरी रहेका हाम्रा अधिकांश वितरकहरुले उपरोक्त कर्जा सुविधा सरल रुपले प्राप्त गर्न सक्नेछन भने हाम्रा उपभोक्ताहरुले अनवरत रुपमा दैनिक उपभोज्ञकाका ब्रान्डहरुको उपभोग गर्न सकिने सुनिश्चितता समेत प्राप्त भएको छ ।
हामी युनिलिभर नेपाल लिमिटेड र नबिल बैंक लिमिटेडसँगको यस समझदारीको निम्ती सहकार्यका साथ अगाडि बढ्नेमा प्रतिबछ छौ, युनिलिभरले भनेको छ ।








प्रतिक्रिया