नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले मनायो आठौं स्थापना दिवस

काठमाडौं । नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले आफ्नो आठौं स्थापना दिवसको अवसरमा ‘राष्ट्रिय तालिम तथा रोजगार दिवस–२०७९’ शुभकामना तथा ध्यानाकर्षण कार्यक्रमको आयोजना गरेको छ । महासंघले उक्त क्षेत्रको बृहत्तर विकासको लागि बुँदागत रुपमा आफ्नो ध्यानाकार्षण गराएको छ।
आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर महासंघले स्थापना दिवसको आवसरमा सरकार र सम्वद्ध पक्षलाई ध्यानाकार्षण पनि गराएको हो । महासंघले हाल उपलव्ध जनशक्तिसँग भएको सीपको प्रभावकारीताको विश्लेषण गरेर वर्तमान बजारको माग र भविश्यमा आवश्यक पर्ने दक्ष जनशक्तिको प्रक्षेपण अनुसार उक्त जनशक्तिहरुलाई आवश्यकक्ताअनुसार योजना बनाई कार्यान्वयन गर्ने माग गरेको छ।
आधारभुत गुणस्तर र मापदण्ड स्थापित गर्दै तालिममा एकरूपताका लागि देशै भरि हाल विभिन्न तरिकाले संचालन भएका तालिम कार्यक्रमहरु एक द्धारमार्फत पूर्णरुपले सिटिइभिटी वा सम्वन्धित निकायमा आवद्ध संस्थाहरुमार्फत मात्र संचालन गरिनुर्पे पनि उल्लेख गरेको छ।
देशका सवै राजनिति दलले आफ्नो घोषणापत्रमा प्रविधिक शिक्षा तथा व्यावसायिक सीप विकास तालिमको आवश्यक्ता, रोजगारीलाई उच्च प्राथमिकतामा राख्नुपर्ने र सोहीअनुरुप यस्को कार्यान्वयन गराउनमा सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने पनि उल्लेख गरेको छ । ‘एक व्यक्ति, एक सीप र एक रोजगारी’ मौलिक हकको रुपमा सुनिश्चित गरिनुपर्ने उसको माग छ ।








प्रतिक्रिया