मंगलबार, पुष ८, २०८२

लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी समुदायिक अस्पतालबीच सम्झौता

नेपालखोज २०७९ भदौ २६ गते २१:५०

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी समुदायिक अस्पतालबिच सम्झौंता भएको छ । सम्झौता अनुसार लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबाट औषधोपचार तथा दुर्घटना बीमालेख खरिद गरेका बिमितहरूले बिमालेखको सीमा र शर्तहरूको अधिनमा रहि नारायणी समुदायिक अस्पतालबाट नगदरहित उपचार सुविधा प्राप्त गर्नेछन् ।

सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत एनपी प्रधान र अस्पतालका अध्यक्ष डा. भक्तमान श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया