समृद्धि फाइनान्सको बनेपा शाखा कार्यालय उद्घाटन

काठमाडौं, । नेपाल राष्ट्र बैंकबाट ग वर्गको राष्ट्रियस्तरको इजाजतपत्र प्राप्त गरि छिटो, सरल र सहज तरिकाले विभिन्न बैंकिङ सेवासुविधाहरु प्रादान गर्दै आईरहेको समृद्धि फाइनान्सले सातौ शाखाको रुपमा बनेपा शाखा कार्यालयको समुद्धघाटन् गरेको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि बनेपा नगरपालिकाका मेयर शान्ती रत्न शाक्यले सोमबार बनेपा शाखा कार्यालयको औपचारीक उद्घाटन गरेकी हुन । उक्त कार्यक्रममा बनेपा उ.वा. संघका उपाध्यक्ष कैलाश पलान्चोके , बनेपा न.पा. वार्ड ८ का वार्ड अध्यक्ष शुभलक्ष्मी मानन्धर सहित लब्धप्रतिष्ठीत व्यक्तित्वको उपस्थिति रहेको थियो ।
साथै उक्त कार्यक्रमको अध्यक्षता फाइनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराईले गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले स्वागत मन्तव्य राख्दै फाइनान्सको वित्तिय कारोबार सम्बन्धि जानकारी गराएका थिए । त्यस्तै चाँडै नै आठौ शाखाको रुपमा जनकपुर शाखाको पनि उदघाटन गरिने जानकारी फाइनान्सका प्रमुख व्यवसाय प्रबद्र्यन अधिकृत सुरज कुमार सर्राफले बताए ।
समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ ।








प्रतिक्रिया