मंगलबार, पुष ८, २०८२

नमस्ते पेद्वारा फेस्टिभ क्याम्पियनको सुरुवात

नेपालखोज २०७९ भदौ २८ गते १९:३६

काठमाडौं । नमस्ते पेले दशैं, तिहार तथा छठ पर्व लाइ समेट्नेगरी फेस्टिभ क्याम्पियन ल्याएको छ । कम्पनीका अनुसार यस अभियानमा ४९ दिन सम्म नमस्ते पे प्रयोगकर्ताहरु विभिन्न सेवाहरु विभिन्न अफर पाउनेछन् । यस अभियानमा बम्पर अफरको रूपमा, सात भाग्यशाली विजेताहरूले १०० प्रतिशत क्यास व्याक प्राप्त गर्नेछन ।

प्रयोगकर्ताहरूले जति धेरै कारोबार गर्नेछन्, त्यति नै धेरै भाग्यशाली विजेता बन्ने र १०० प्रतिशत क्यासब्याक पाउने मौका हुनेछ । अभियान अवधिको बीचमा कुनै पनि सेवाहरूको कारोबार गर्ने प्रयोगकर्ताहरू योग्य हुनेछन् । त्यसैगरी, नमस्ते पे मार्फत ग्तष्ष्तिथ बिलहरू भुक्तानी गर्दा प्रत्येक हप्ता एक भाग्यशाली विजेताको वर्षभरिको बिल नमस्ते पेले तिरिदिने अफर रहेको छ ।

उडान टिकट खरिद गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले रु १००० पाउनेछन् र अभियानको अन्त्यमा दुई जना भाग्यशाली विजेताले पोखराको राउण्ड उडान टिकट पाउनेछन् । दशैं दक्षिणाको रूपमा, आफ्नो परिवार र आफन्तहरूलाई वालेट टु वालेट ट्रान्सफर गर्ने २० जना भाग्यशाली प्रयोगकर्ताहरूले शतप्रतिशत क्यासब्याक पाउनेछन् ।

त्यस्तै, अभियान अवधिभर सबै प्रयोगकर्ताले मोबाइल टपअपमा १० रुपैयाँसम्म १० प्रतिशत क्यास व्याक पाउनेछन् । प्रयोगकर्ताहरूलाई प्रोमोकोड उपलब्ध गराइनेछ जुन तीन पटक रिडिम गर्न सकिन्छ । थप रूपमा, नमस्ते पेले भ्वाइस र डेटा प्याकहरू, बिलहरूको भुक्तानी, मर्चेन्ट भुक्तानीहरू, उडान टिकटहरू आदि सहित विभिन्न सेवाहरूमा विभिन्न बिकज इााभच प्रदान गर्नेछ ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।

प्रतिक्रिया