मंगलबार, पुष ८, २०८२

बेष्ट फाइनान्सको १७ औं शाखा वीरगन्जमा

नेपालखोज २०७९ भदौ २९ गते १८:४५

काठमाडौं । कमलादी काठमाडौंमा प्रधान कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनी लिमिटेडले आफ्नो १७ औं शाखा संचालनमा ल्याएको छ ।

मधेश प्रदेशको पहिलो शाखाको रुपमा  वीरगन्जको घण्टाघर लिङ्करोडमा फाइनान्सले १७ औं शाखा संचालनमा ल्याइ वित्तीय कारोवारको शुभारम्भ गरेको हो ।  वीरगन्जमा महानगरपालिकाका मेयर राजेशमान सिंह तथा संस्थाका अध्यक्ष खिमलाल पौडेलले संयुक्त रुपमा उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

शाखा उद्घाटन कार्यक्रममा  वीरगन्जका प्रतिष्ठित व्यापारी, व्यवसायी, उद्योगी लगायत सामाजका अगुवा तथा समाजसेवीहरुको उपस्थितिमा रहेको थियो । यही असोज भित्र १८ औं शाखाको रुपमा सुनसरी जिल्लाको इटहरीमा शाखा खोलिनुका साथै निकट भविष्यमा सुर्खेत र धनगढीमा समेत शाखा संजाल बिस्तार गरी देशको सातै प्रदेशमा आफ्नो शाखा संजाल पुर्‍याउने फाइनान्सले जनाएको छ । साथै, आउदा दिनहरुमा देशका विभिन्न स्थानहरुमा आवश्यकता र माग बमोजिम शाखा खोल्दै लगिने संस्थाको लक्ष्य रहेको बताइएको छ ।

प्रतिक्रिया