मंगलबार, पुष ८, २०८२

एनआइसी एशिया बैंकको भिसा डाईरेक्ट सेवा सुरू

नेपालखोज २०७९ भदौ २९ गते २०:३३


काठमाडौं । सहज, सवल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआइसी एशिया बैंकको खातामा विश्वका विभिन्न देशहरूबाट अब भिसा डाईरेक्ट मार्फत सोझै रकम पठाउन सकिने सेवाको शुभारम्भ भएको छ । यस बैंकले भिसा इन्टरनेशनलसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरू सामू यो नवीन सेवाको सुरुवात गरेको हो ।

अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब जस्ता विश्वका १०० बढी देशहरूबाट पठाइएको रकम बैंकका ग्राहक महानुभावहरूले तुरुन्तै आफ्नो खातामा प्राप्त गर्न सक्नेछन् । यो सेवा अन्तर्गत विश्वका कुनै पनि भिसा डाईरेक्ट प्लेटफर्ममार्फत रकम पठाउँदा यस बैंकले जारी गरेको भिसा कार्डसँग लिंक गरिएको खातामा उक्त रकम जम्मा गर्न बताइएकाे छ ।

त्यसका लागि रकम पठाउने विदेशी तथा स्वदेशी महानुभावहरूले आफ्नो मोबाइल/इन्टरनेट बैंकिङ्ग वा भिसा कार्ड तथा रेमिटेन्स कम्पनीहरूमार्फत यस बैंकले जारी गरेको १६ अंकको भिसा कार्ड नम्बरको प्रयोग गरी त्यसमा लिंक भएको खातामा सोझै रकम पठाउन सक्ने बताएकाे छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको बताएका छन् ।

प्रतिक्रिया