मंगलबार, पुष ८, २०८२

कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई खाद्य र शैक्षिक सामग्री वितरण

नेपालखोज २०७९ भदौ ३० गते ११:५६

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना विभिन्न कार्य क्षेत्र वरिपरि रहेका विभिन्न बाल आश्रम/सामुदायिक विद्यालयहरुमा स्प्रेडिङ स्माईल्स भन्ने नाराका साथ आवश्यक सामाग्रीहरु प्रदान गरी यही भदौ ३० गते राष्ट्रिय बाल दिवस मनाएको छ ।

बैंकले प्रदेश १ क्षेत्रबाट, हाम्रो बाल आश्रम दमक, मधेश प्रदेश क्षेत्रबाट अनाथालय सानोघर र सर्लाही चिल्ड्रेन सेन्टर काठमाडौं क्षेत्रबाट श्री नन्दी माध्यमिक विद्यालय, पोखरा क्षेत्रबाट रेन्बो चिल्ड्रेन होम र जलजला बाल आश्रम, बुटवल क्षेत्रबाट मणिग्राम नमुना माध्यमिक विद्यालय, सत्य साई विद्या पिठ, राजेश्वरी आधारभूत विद्यालय, तनहुँ माध्यामिक विद्यालय, शुभान्सी आधारभूत कन्या विद्यालय, प्राथमिक विद्यालय, सुस्ता जनता आधारभूत विद्यालय, बिन्द्याबासिनी मिसुजु आधारभूत विद्यालय र बुटवल माध्यामिक विद्यालय, नारायणघाट क्षेत्रबाट साहारा घर र राईज अप अर्फान चिल्डे«न होम, पश्चिम क्षेत्रबाट सरस्वती प्राथमिक विद्यालय र केन्द्रीय कार्यालयबाट ब्लाईन्ड चिल्ड्रेन एजुकेशन सेन्टरमा आवश्यक खाद्य र पाठ्य सामाग्रीहरु प्रदान गरी राष्ट्रिय बाल दिवस मनाएको छ ।

यस प्रकारका सहयोगका साथै कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्वका क्रियाकलापहरुलाई प्राथमिकतामा राखी आगामी दिनहरुमा समेत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया