मंगलबार, पुष ८, २०८२

ग्लोबल आइएमई बैंकका एसीटी डेबिट कार्ड प्रयोगकर्तालाई क्यासब्याक

नेपालखोज २०७९ भदौ ३० गते १८:४७

काठमाडौं । ग्लोबल आइएमई बैंकका एससिटी डेविट कार्ड प्रयोगकर्ताहरुले यो दशैंमा ३३ दशमलव ३३ प्रतिशतसम्म क्यास ब्याक प्राप्त गर्न सक्ने भएका छन् । बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिज् (एससीटी) सँगको सहकार्यमा यसपालीको दशैंका लागि एससिटी डेबिट कार्ड भएका ग्राहक लक्षित एससिटी तथा यूपीआई कार्डको दमदार दशैं धमाका थ्री–डि अफर अन्तर्गत ग्राहकहरुले क्यासब्याक प्राप्त गर्न सक्ने छन् ।

यो योजना हालसम्मकै सबैभन्दा ठूलो क्यासब्याक अफर हो जहाँ कुनै पनि प्वाइन्ट अफ सेल (पस) टर्मिनलहरूमा भुक्तानी गरी कारोबार गर्ने एससिटी डेबिट कार्ड होल्डर ग्राहकहरूले ३३ दशमलव ३३ प्रतिशत अर्थात अधिकतम एक हजार रुपैंयाँसम्म क्यासब्याक पाउन सक्ने छन् । यो योजना पश्चात एससिटी कार्ड होल्डर ग्राहकहरूलाई एससिटी कार्ड मार्फत गरिने ग्राहकहरूको विश्वास बढाउन सकिने बैंकले जनाएको छ ।

असोज १ गतेदेखि दशैंभर चल्ने यो योजनामा कम्तिमा तीन वटा पस कारोबार गर्ने कार्ड होल्डरलाई पाँच सय रुपैंयाँ तथा कम्तिमा छवटा पस कारोबार गर्ने कार्ड प्रयोगकर्तालाई एक हजार रुपैंयाँ क्यासब्याक प्रदान गरिने छ । क्यासब्याक प्राप्त गर्न हरेक पटकको कारोबार भुक्तानी रकम कम्तीमा पाँच सय रुपैयाँको हुनुपर्नेछ जसमा दिनको एउटा कारोबारलाई मात्र गणना गरिने छ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । मुलुकका सतहत्तरै जिल्लामा २९० शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २७३ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढि सेवा केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

प्रतिक्रिया