मंगलबार, पुष ८, २०८२

संविधान दिवसको अवसरमा एनसेलले ल्यायो अनलिमिटेड र अल नेटवर्क प्याक

नेपालखोज २०७९ असोज १ गते १७:२७

काठमाडाैं । एनसेल आजियाटा लिमिटेडले आठौं संविधान दिवसको अवसरमा आइतबार (असोज २) बाट लागु हुने गरि नयाँ दुई विशेष अफर संचालनल्याउँदै छ । यो अफर अन्तर्गत ग्राहकहरुले आकर्षक अन लिमिटेड डेटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याकको फाइदालिन सक्छन् । यी प्याकहरु आइतबारबाट तीन दिनका लागि मात्र संचालनमा रहनेछन् ।

यसको मतलब ग्राहकहरुले यी प्याकहरु आइतबारदेखि मंगलबार अर्थात असोज २ देखि ४ गतेसम्म मात्र लिन पाउँनेछन् । असोज ३ गते सोमबार आठौं संविधान दिवस मनाइँदै छ । ग्राहकहरुले एक दिन समयावधि रहेको अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याक कर सहित रु ५९ खरिद गर्न सक्छन् । यो प्याक सुचारु गरेपछि ग्राहकले एक दिनअर्थात २४ घण्टासम्म अनलिमिटेड डेटा र अन नेट भ्वाइस सेवालिन पाउँछन् ।

एनसेल बाहेक अन्य सेवाप्रदायकका नम्बरहरुमा यो अफर अवधिभर अझ सुलभ दरमा कल गर्न र एसएमएस पठाउन ग्राहकले मात्र रु ९५ मा २०० मिनेट अल नेट टक टाइम र २०० वटै एसएमएस बन्डल भएको प्याक लिन सक्छन् । यस प्याकमा पाइने अल नेट टक टाइम र एसएमएसको समयावधि ३ दिनको हुन्छ ।

संविधान दिवसको अवसरमा ल्याइएका दुवै प्याकले ग्राहकलाई ठूलो महत्व राख्ने विश्वास रहेका एनसेलले जनाएको छ । यी प्याक मार्फत ग्राहकले अझ सुलभ दरमा भ्वाइस, डेटा र एसएमएस सेवा लिन सक्छन् ।

प्रतिक्रिया