मंगलबार, पुष ८, २०८२

नबिल बैंकद्वारा ‘दशैं तिहार घर कर्जा धमाका’ सुरु

नेपालखोज २०७९ असोज २ गते २१:२१

काठमाडौं । नबिल बैंकले ‘दशैं तिहार घर कर्जा धमाका’ योजना सुरु गरेको छ । बैंककाअनुसार चाडपर्वलाई लक्षित गर्दै ‘दशैं तिहार घर कर्जा धमाका’ नामक आवास कर्जा योजना ल्याइएको हो ।

योजना अन्तर्गत बैंकले आकर्षक ब्याजदरका साथ प्रशासनिक शुल्कमा छुट तथा नि.शुल्क क्रेडिट कार्ड योजना ल्याएको जानकारी बैंकले दिएको छ । आवास कर्जा घर खरिद, घर निमार्ण, तल्ला थप, रंग रोगनका लागि उपलब्ध गराइने छ ।

बैंकका अनुसार, पहिलो घर खरिदकर्ताका लागि घरको मुल्यांकन ७० प्रतिशतसम्म कर्जा लिन सक्ने प्रावधान रहने र सामान्य अवस्थामा ६० प्रतिशतसम्म कर्जाको व्यवस्था गरिएको छ । ३५ वर्षसम्मकोे कर्जा अवधि सुविधा भएको आवास कर्जामा सरल र सानो किस्ताबाट विस्तारै कर्जा चुक्ता गर्ने सुविधा रहेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया