मंगलबार, वैशाख १८, २०८१

संविधान ब्लड बैंकको रगत जस्तो होस् !

ओम आचार्य २०७९ असोज ३ गते १६:२१

संविधान
धार्मिक ग्रन्थ जस्तै होस्
सबैले घर घरमा राखुन्
घर-घरको झुण्डनै देश हो

संविधान
आकास जस्तै होस्
थुप्रै बादलहरू अटुन्
बादलहरुको झुण्ड झुण्ड नै आकास हो

संविधान
गोरेटो गल्ली

चोरवाटो हुँदै नआओस्
संविधान लोकमार्ग हुदै नआओस्
संविधान बाममार्ग हुदै नआओस्
संविधान जनमार्ग हुदै पनी नआओस्
संविधान त
राजमार्ग हुदै आओस
बाममार्ग
लोकमार्ग
जनमार्ग र प्रचलित मार्ग
सबैको मुल हो राजमार्ग
संविधान राजमार्ग हुदै आओस्

संविधान त
ब्लड बैंकवाट लिएको
रगत जस्तै होस्
ग्रहण गर्नेले
त्यो रगतको जात खोज्दैन
त्यो रगतको भाषा सोध्दैन

संविधानमा
कुनै यौटा रंग नहोस
सबै रंगवाट मिश्रित रंग बनोस

रंग खोज्नेहरुले
त्यहाँ आफ्नो रंग देखुन

संविधान
वजिया नहोस्
संविधान जार पुत्र जस्तो

व्यभिचारबाट उत्पन्न
हरामी जस्तो पनि नहोस्
संविधान त
संस्कारयुक्त पाणिग्रहणवाट जन्मेको
सन्तान जस्तो होस्
भोलि
त्यस्को वैधानिकतामा
कसैले / समाजले/ राष्ट्रले
चोर औल्ला नदेखाओस्
सडकमा नारा जुलुस नगरोस्

संविधान त
राष्ट्रलाइ सुमेरु बनाएर
सबैले मनन्थन गर्दै
अमृतको रुपमा आओस्
देशवासीले अमृत सेवन गरुन्
दुवै हातमा लड्डु होस्

अहिले सवै संविधानलाई
पर्खेर बसेका छन्
गाँउ गाँउमा बसेका छन्
शहर शहरमा बसेका छन्
यसरी पर्खदा पर्खदै
पर्खेर बसेको संविधान आउँदा
साँझ नपरोस्
अध्यारो नहोस्
पर्खदा पर्खदै अध्यारोमा आयो भने
त्यो भुत भएर चाहिँ नआओस्
नरपिचाश भएर हिँ नआओस्
यस्ले नतर्साओस्
आतंकित पनि नपारोस्
त्यस्को आत्मामा
प्रेत पसेर आयो भने
भुत भएर आयो भने
नरपिचाश भएर आयो भनेर
पर्खेर बसेकाहरुले
प्रेत भड्केको आत्मालाई
दासंस्कार गर्लान्

संविधान
वास्तवमै
सम – विधान भएर आओस ।

प्रतिक्रिया