मंगलबार, पुष ८, २०८२

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन

नेपालखोज २०७९ असोज ३ गते २०:५२

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकका अनुसार आईतबार सांग्रिला डेभलपमेन्ट बैंक वागलुङ्ग वसपार्क शाखाका प्रमुख कमला गिरीले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीद्वारा संचालित उत्थानशिल जिविकोपार्जन कार्यक्रम अन्तर्गत लाभग्राहीहरुलाई बैंकको आवश्यकता, खाता सञ्चालन, बचत विमा, ऋण, लगानी विप्रेषण लगायतका विषयहरुमा सहजीकरण गरेकी थिइन् ।

साथै हाल सांग्रिला डेभलपमेन्ट बैकको एक सय १२ वटा शाखाहरु र ३२ वटा एटिएमबाट विविध बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको कुरा अवगत गराइन् ।

उत्थानशिल जिविकोपार्जन कार्यक्रमका संयोजक देव नारायण पौडेल,जिविकोपार्जन परामर्शकता आदर्श न्यौपाने र सामाजिक परिचारिकालिला देवकोटाको सहजीकरणमा पोखरा महानगरपालिका वडा न १८ का ४३ जना लाभग्राही बिच कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया